प्रधानन्यायाधीश जबराविरुद्ध नेपाल बारले गर्‍यो चरणवद्ध आन्दोलन घोषणा



नेपाल बार एशोसिएसनले पाँच दिनभित्र प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । बार एशोसिएसनले आइतबारदेखि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

शुक्रबार बसेको बारको कार्यसमिति बैठकले १७ कात्तिकसम्म विरोधका कार्यक्रम सार्वजनिक गर्दै यो अवधिभित्र राजीनामा नआए थप विरोधका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएको छ ।

बारले १४-१७ कात्तिकसम्म अदालतमा कालोपट्टी बाँधी विरोध कार्यक्रम गर्ने र कात्तिक १६ गते सर्वोच्च अदालत प्राङ्गणमा धर्ना तथा विरोधसभा गर्ने बारको निर्णय छ ।

न्यायपालिकाको समग्र सुधारका लागि र सेवाग्राहीलाई समान रुपमा सहज, सरल र शुपथ न्याय प्रदान हुने सुनिश्चितता गराउने उद्देश्यले बाध्यात्मक रुपमा आन्दोलनमा उत्रेको बारले जनाएको छ ।

प्रकाशित मिति : कार्तिक १२, २०७८ शुक्रबार  ६ : ५७ बजे