नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल एमाले बिगार्न देशभर दौडिरहेको आरोप लगाएका छन ।एमाले सिन्धुपाल्चोक-काठमाडौं सम्पर्क मञ्चको भेलालाई सम्बोधन गर्दै ओलीले यस्तो आरोप लगाएका हुन ।
आफ्नो पार्टीलाई कसैले मास्न नसक्ने दाबी गर्दै ओलीले माधव नेपाल कुदेको देख्दा माया लाग्ने गरेको टिप्पणी गरे ।‘बिचरा माधव नेपाल कुदेको देख्दा माया लाग्छ। कहिले पोखरा, कहिले धरान, कहिले धनकुटा, कहिले बाग्लुङ।’ उनले भने, ‘माधव नेपाल देश बनाउन होइन एमाले बिगार्न कुदेका हुन्।’
ओलीले थप टिप्पणीगरे, “पार्टीको नाम समाजवादी राख्छन् । समाजवादतिर जान लाग्यो भनेर अरुको पार्टी मास्न लाग्छन् ।”कार्यक्रममा ओलिले सभामुखप्रती पनि च र्को रोष प्रकट गरे उनले सभामुख अग्नि सापकोटाले पदीय गरिमा बिर्सिएर पार्टीका पक्षमा काम गरेको आरोप लगाए। सिन्धुपाल्चोक– ओलीले आगामी चुनावमा माओवादी नराम्ररी हार्ने ठोकुवा गरे ।








