प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबारका ६ वटा इजलास तोकेका छन् । जबराले आफूलाई बाहेक १० जना न्यायाधीशलाई ६ वटा इजलास तोकेका हुन् ।जबराको विरुद्धमा रहेका न्यायाधीशहरुले अन्य मुद्दाको सुनुवाइ नगर्ने भएपछि प्रधानन्यायाधीश जबराले सोही अनुरुपमात्र इजलास तोकेका हुन्।
सर्वोच्चका न्यायाधीशहरुले बेन्च बहिष्कार गरिरहेकाले यसअघि आज कार्तिक १५ गतेका लागि ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वयका निर्णय सुनाउने भनिएपनि सोमबारका लागि बन्दी प्रत्यक्षीकरणका मुद्दामात्र पेसीमा राखिएको हो ।
प्रधानन्यायाधीश जबरा हाल राजीनामा दिनुपर्ने दबाब खेपिरहेका छन ।उनी बिरुद्द नेपाल बारको नेतृत्वमा कानुन ब्यबसायिहरुले सर्बोच्च परिसरमा लगातार प्रदर्शन गरिरहेका छन ।








