आगामी चुनावमा एमालेलाई कुचो लगाएर बढार्ने हो: गगन थापा



नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले आगामी चुनावमा नेकपा एमालेलाई कुचो लगाएर बढार्ने दाबी गरेका छन ।भक्तपुरको गुण्डुमा आज आयोजित चियापान कार्यक्रममा बोल्दै थापाले अब हुने स्थानीय तह, प्रदेश र केन्द्रको चुनाबमा एमालेलाई कुचो लगाएर बढार्ने दाबी गरेकाअ हुन ।

‘यसपटकको चुनावमा नेकपा एमालेलाई कुचो लगाएर बढार्ने हो। बढार्दा कुनाकाप्चामा धुलो अड्कियो भने भ्याकुम लगाउने हो,’ थापाले भने।

उनले पाँच वर्षका लागि शासन सञ्चालन गर्न जनमत पाएको एमालेले मुलुकलाई अस्थिरतातर्फ धकेलेको आरोप लगाउदै यसपटकको चुनावमा नेकपा एमालेलाई जनाताअले भोट दिनुपर्ने कारण नरहेको जिकिर गरे ।

केपी शर्मा ओली नेतृत्वको सरकारले देशमा भद्रगोल अवस्था सिर्जना गरेको भन्दै उनले सर्वोच्च अदालतमा देखिएको विवादको कारक पनि ओली सरकार भएको नेता थापाको दावी छ ।

उनले एमाले पार्टी नभई ओली कम्पनी लिमिटेड भएको ब ताए। ‘फरक मत राख्ने भीम रावल र घनश्याम भुसाल छन् । विचरा भिम रावल देख्दा माया लागेर हुन्छ । फरक मत राख्नेलाई ओलीले कुन दिन पार्टीबाट निकाल्छन,’थापाले भने

प्रकाशित मिति : कार्तिक १७, २०७८ बुधबार  ४ : ०१ बजे