नेपाली कांग्रेसका केन्द्रिय सदस्य एबम युबा नेता प्रदिप पौडेलले आजदेखि देशभर सुरु भएको १२औँ राष्ट्रिय जनगणना सफल पार्न आग्रह गरेका छन ।सामाजिक सञ्जाल ट्विटर मार्फत नेता पौडेलले यस्तो आग्रह गरेका हुन ।
उनले भनेका छन्,”विवरण संकलन गर्न आउने गणकहरुलाई आफ्नो परिवार,धर्म संस्कृति, भाषा लगायतका विषयमा यथार्थ तथ्यांक उपलब्ध गराएर सबैले सहयोग गरौं।राष्ट्रिय जनगणना २०७८ सफल पारौ।”
प्रत्येक १० वर्षमा गर्ने गरिएको जनगणना आजदेखि मङ्सिर ९ गतेसम्म सञ्चालन हुने छ । विसं १९६८ देखि यसको सुरुआत भएको हो ।जनगणना सफल पार्न प्रधानमन्त्री, राष्ट्रपती लगायत सबैले आग्रह गरिसकेका छन ।
'मेरो जनगणना मेरो सहभागिता’नारासहित आजदेखि देशभर सुरु भएको १२औँ राष्ट्रिय जनगणना (२०७८) यही मंसिर ९ गते सम्म चल्ने छ।विवरण संकलन गर्न आउने गणकहरुलाई आफ्नो परिवार,धर्म संस्कृति, भाषा लगायतका विषयमा यथार्थ तथ्यांक उपलब्ध गराएर सबैले सहयोग गरौं।राष्ट्रिय जनगणना २०७८ सफल पारौ।
— Pradip Paudel (@paudelpradipNC) November 11, 2021










