२ मंसिर काठमाडौं । पटक–पटक महाधिवेशनको मिति सारेको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको महाधिवेशन ५ दिन पर धकेलिएको छ ।
मंसिर ११ देखि १३ सम्म महाधिवेशन गर्ने निर्णय गरेको राप्रपाले त्यसलाई संशोधन गर्दै मंसिर १६ देखि १८ गतेसम्म गर्नेगरी नयाँ मिति तोकेको हो ।
महाधिवेशनको तयारी नपुगेको भन्दै पूर्व निर्धारित कार्यतालिका हेरफेर गरेर ५ दिन पर सारिएको राप्रपा नेता राजाराम श्रेष्ठले ईमेजखबरलाई जानकारी दिनुभयो ।
२०७६ फागुनमा कमल थापा नेतृत्वको राप्रपा र पशुपति शमशेर राणा तथा प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा संयुक्त बीच पार्टी एकीकरण भएको थियो ।
त्यतिबेला एकीकृत राप्रपाको महाधिवेशन डेढ वर्षभित्र गर्ने बताइएको थियो । तर, कोरोनाको कारण देखाउँदै महाधिवेशन पटक(पटक सारिएको थियो ।








