सुवास नेम्वाङको टोलीलाई प्रधानमन्त्री देउवाले भने- चितवन महाधिवेशनमा म आउँछु



प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा एमालेको १०‍औं महाधिवेशन उद्घाटन सत्रमा सहभागी हुने भएका छन् ।

देउवालाई महाधिवेशनमा अतिथिका रूपमा एमाले नेता सुवास नेम्वाङको टोली निमन्त्रणा दिन बालुवाटार पुगेको थियो । उनले निमन्त्रणा स्वीकार गर्दै आफू एमाले महाधिवेशनको उद्घाटन सत्रमा सरिक हुने बताएका हुन् ।

म आइहाल्छु नि। तपाइहरूको महाधिवेशनमा नआएर हुन्छ रु म आउँछु निु, प्रधानमन्त्री देउवालाई उद्धृत गर्दै भेटघाटमा सहभागी एक नेताले भने ।एमालेको १०औं महाधिवेशन मंसिर १०(१२ गतेसम्म चितवनमा हुने भएको छ ।

प्रकाशित मिति : मंसिर ३, २०७८ शुक्रबार  ६ : २९ बजे