प्रभु ग्रुपका अध्यक्ष देविप्रकाश भट्टचन काँग्रेस महाधिवेशन प्रतिनिधिमा निर्वाचित



व्यवसायी तथा प्रभु ग्रुपका अध्यक्ष देविप्रकाश भट्टचन नेपाली काँग्रेसको १४ औं महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।सोमबार भएको निर्वाचनमा बागलुङ क्षेत्र नम्बर २ बाट उनी महाधिवेशनका लागि निर्विरोध निर्वाचित भएका हुन् । अल्पसंख्यक कोटामा महाधिवेशन प्रतिनिधिमा चयन भएको नेपाली काँग्रेस बागलुङको निर्वाचन समितिले जानकारी दिएको छ ।

भट्टचनलाई नेपाली काँग्रेसले २०७४ को प्रतिनिधसभाका लागि समानुपातिक सूचीमा समेत राखेको थियो ।पार्टी राजनीतिमा सक्रिय हुन लागेका भट्टचन व्यावसायिकसहित राजनीतिक जीवनलाई पनि सँगसँगै लैजाने योजना बनाएका छन् ।

नेपाली काँग्रेसमै रहेका भट्टचन २०४८ सालमा आम निर्वाचनमा बागलुङ बाट स्वतन्त्र उम्मेदवार थिए । भने, २०४९ साल जिल्ला विकास समिति बागलुङको सदस्यमा निर्वाचित भएका थिए । भट्टचन बागलुङको पुराना काँग्रेसीमा पर्छन् ।

प्रकाशित मिति : मंसिर ७, २०७८ मंगलबार  १ : २५ बजे