एमालेले निस्कासित व्यक्तिहरुको गुटलाई पार्टी मान्दैन: ओली



७ मंसिर काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निस्कासित व्यक्तिहरुको गुटलाई एमालेले पार्टी नमान्ने बताउनुभएको छ ।

मंगलबार पार्टीको दशौं महाधिवेशनपूर्व सम्पादकहरुसँगको छलफलमा एमाले अध्यक्ष ओलीले निस्कासित व्यक्तिहरुलाई पार्टी नमानिने बताउनुभयो ।

‘एमालेबाट निस्कासित भएर बनेको केही व्यक्तिहरुको गुटलाई एमालेले पार्टी मान्दैन,’ उहाँले भन्नुभयो, ‘देशका प्रमुख पार्टीलाई हामीले महाधिवेशनमा निम्ता दिएका छौं ।’

 

प्रकाशित मिति : मंसिर ७, २०७८ मंगलबार  ४ : १३ बजे