नेपाली कांग्रेस ओखलढुंगाको १४ औ जिल्ला अधिवेशन बाट तेजेन्द्र खनाल विजयी हुनुभएको छ । खनालले ७ सय १ मत प्राप्त गरी सभापतिमा निर्वाचितहुनुभएको हो । खनालका प्रतिद्धन्दी बालकृष्ण दाहालले ६ सय ११ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । दुवै नेता कांग्रेसमा असल र इमान्दार नेताका रुपमा परिचित छन । खनाल शेरबहादुर देउवा निकटका हुन भने दाहाल पौडेल–कोइराला समूहका नेता हुन् ।
खनाल समूहले पदाधिकारी तथा सदस्य सहित बहुमत प्राप्त गरेको छ भने उपसभापतिमा दाहाल समूहका कमल तामाङ र सहसचिव उज्जव बुढाथोकी निार्वाचित भएका छन् । तामाङ र बुढाथोकीले क्रमशः ७ सय ८२ र ७ सय १७ मत ल्याएर पार्टीको जिम्मेवारी आएका हुन् ।
यो अधिवेशनमा दाहाल समूहबाट उनिहरुको सर्वाधिक लोकप्रीय मत हो । त्यस्तै खनाल समूह बाट उपसभापतिमा चम्पादेवी गाउपवालिका अध्यक्ष नवराज केसीले ६ सय ५४ मत प्राप्त गर्नुभएको छ भने सचिवमा राजकुमार ढुंगानाले ९८२ र अजय लुइटेले ७सय २१ मत प्राप्त गरी निर्वाचित भएका हुन् । सह सचिवमा खनालकै प्यानल बाट भोजकुमार श्रेष्ठले ६ सय ७२ मतका साथ बाजी मार्नुभएको छ । गाउ नगर पालिका क्लष्टर, आदीवासी जनजाति, महिला, दलित लगायतका क्षेत्रबाट समेत खनाल समूहको वर्चश्व कायम रहेको छ ।
खस आर्य पुरुष तर्फ पूर्ण बहादुर खड्का(पुजन),श्याक बहादुर कट्ववाल, महिला तर्फ लक्ष्मीदेवी बस्नेत र शान्ता भण्डारी,आदीवासी जनजाति तर्फ विनोद कुमार ताम्राकार, टंकराज सुनुवार,रामकुमार राई, आदीवासी महिला तर्फ कविता सुनुवार, रिलाकी शेर्पा र शुशिला श्रेष्ठ निर्वाचित भएको जिल्ला निर्वाचन समितिले जनाएका छ । त्यसै गरी अल्पसंख्याकमा रेवतीरमण सुनुवार, दलित तर्फ लाल बहादुर कामी जिल्ला सदस्य निर्वाचित भएका छन् ।
सिद्धिचरण नगरपालिका क्लष्टरबाट तिर्थबहादुर घिमिेिर,रमेश धमला, सृजना कार्की, चिशंखुगढी बाट एकनारायण श्रेष्ठ,कृष्णदेवी कार्की, मोलुङ बाट रामबहादुर कार्की, लिखु बाट पुरुषेत्तम पौडेल, मन्दीरा दाहाल, मानेभञ्ज्याङ बाट विष्णु तामाङ, कमला राई,सुनकोशी बाट जितबहादुर श्रेष्ठ, लालाकसमारी धमला, चम्पादेवी बाट इन्द्रबहादुर खत्री निर्वाचित भएको जिल्ला निर्वाचन अधिकृत उज्वल श्रेष्ठले जानकारी दिनुभयो ।
खिजीदेम्बा बाट सुशिला तामाङ र मानबहादुर महतरा, चम्पादेवी क्लष्टर माहिलामा निर्मलादेवी रैका सर्वसहमत निर्वाचित भएका छन् । निर्वाचित सदस्यहरु दुवै समुहबाट आएका छन् । महाधिवेशन प्रतिनिधिका लागि मतगणना भैरहेकाले परिणम सार्वजनीक हुन केही समय लाग्ने निर्वाचन समितिले जनाएको छ ।








