२०७८ मंसिर १५ बुधबार

एमाले महाधिवेशनमा शुभकामना दिन महन्थ ठाकुर चितवनमा

एमाले महाधिवेशनमा शुभकामना दिन महन्थ ठाकुर चितवनमा


  • 33
    SHARES
    • न्यू सञ्चार
    • बिहिबार, मंसिर ९ २०७८
    • काठमाडौँ

    एमालेको १०औं राष्ट्रिय महाधिवेशनलाई शुभकामना दिन लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर चितवन आइपुगेका छन् ।बुद्ध एयरबाट उनी बिहीबार नै चितवन आइपुगेका हुन् । एमालेले संसदमा प्रतिनिधित्व गर्ने सातवटा राजनीतिक दललाई महाधिवेशनमा अतिथिका रूपमा बोलाएको छ ।

    प्रधानमन्त्री शेरबहादुर देउवा, जसपा नेता उपेन्द्र यादव, राप्रपा अध्यक्ष कमल थापा, जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले महाधिवेशनमा शुभकामना मन्तव्य दिने तय भइसकेको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिएका छन् ।

    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने चितवन आउने नआउने निश्चित भइसकेको छैन । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भने एमालेले निम्तो गरेको छैन ।

    बिहिबार, मंसिर ९ २०७८
    थप समाचार र अन्य विविध जानकारीका लागि हाम्रो फेसबुक र ट्वीटरमा जोडिन

      © 2021 नेपालको संचार – newsanchar.com All right reserved  | Site By : SobizTrend Technology