नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कांग्रेसको अधिवेशनमा प्रहरी हस्तक्षेप भएकोप्रति आपत्ति जनाएका छन्।सामाजिक सञ्जाल ट्विटर्मार्फत प्रतिक्रीया ब्यक्त गर्दै कोइरालाले रोल्पा, खोटाङ, रसुवा र रुपन्देहीमा अधिबेशनका क्रममा भएको हस्तक्षेपप्रती अपत्ती जनाएका हुन ।
कांग्रेस सभापतिको दाबेदार समेत रहेका नेता कोइरालाले बर्तमान सरकारले सत्ताको चरम दुरुपयोग गरेर अधिबेशन प्रभाबित पार्न खोजेको भन्दै पार्टीको आन्तरिक र सांगठनिक कृयाकलापमा कुनै पनि दखल नदिन र हस्तक्षेप नगर्न प्रहरी प्रशासनको ध्यानाकर्षण गराएका छन ।जिल्लाहरुमा खटिएका निर्वाचन अधिकृतहरुलाई धम्क्याउने, तर्साउने र प्रहरीले बीच बाटोबाट पक्राउ गर्ने कार्य गरेको भन्दै उनले खेद प्रकट गरेका छन ।










