राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राजनीतिक उपलब्धि रक्षागर्न नेपाली राजनीतिमा देखिएको एकअर्कालाई आपसमा खुइल्याउने कार्य बन्द गर्नुपर्ने बताएका छन् । चितवनमा आयोजित एमालेको १०औं महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै केसीले यस्तो बताएका हुन्।
सबै राजनीतिक दलहरूको संघर्षले प्राप्त राजनीतिक उपलब्धि रक्षाका लागि दलहरूबीच खुल्याउने कार्य बन्द गर्नुपर्ने केसीले भनाइ छ । देश र जनताका लागि पनि राजनीतिक दलबीच एकताबद्ध भएर संघीयता र गणतन्त्रको रक्षा गर्नुपर्नेमा उनले जोड दिए ।








