कांग्रेस प्रवक्ता एव सूचना, संचार तथा प्रचार विभागका प्रमुख विश्वप्रकाश शर्माको संयोजकत्वमा गठित “१४ औं महाधिवेशन प्रचार प्रसार समिति” ले पूर्णता पाएको छ ।नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको कार्तिक २८, २०७८ को बैठकले पार्टीको आसन्न चौधौं महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्नका लागि महाधिवेशन प्रचार प्रसार समिति बनाएको थियो । समितिमा केन्द्रीय सदस्यहरु जीवन परियार, किरण यादव, किरण गिरी, आमन्त्रित केन्द्रीय सदस्यहरु अभिषेक प्रताप शाह, जनकराज कलौनी र दिलिप राई थपिएका छन ।
त्यसैगरी सूचना, संचार तथा प्रचार विभागका पदाधिकारी एवं सदस्यहरु, भ्रातृ एवं शुभेच्छुक संस्थाका अध्यक्षहरु,नेपाली जनसम्पर्क समितिका अध्यक्ष र संयोजकहरु,नेपाल प्रेस युनियन, केन्द्रीय समितिका पदाधिकारी एवं सदस्यहरु,नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय अध्यक्षहरुलाई प्रचार प्रसार समितिको सदस्य रहने ब्यबस्थासहित समितिलाई पुर्णता दिइएको कांग्रेसले जारी गरेको बिज्ञप्तिमा जनाइएको छ ।








