ओली अहंकार र दम्भका प्रतीक हुन, एमालेको संस्कारबाट लोकतन्त्र रक्षा हुँदैन : नेता केसि



कांग्रेस नेता अर्जुननरसिंह केसिले एमालेको जारी महाधिबेशन लोकतान्त्रीक हुन नसक्ने टिप्पणि गरेका छन ।नेता केसिले सम्पूर्ण पदाधिकारी र केन्द्रीय सदस्य चयन गर्न व्यक्तिलाई सर्वाधिकार दिइएकोप्रती प्रश्न उठाउदै सामाजिक सञ्जाल ट्विट्टरमा यस्तो टिप्पणी गरेका हुन ।

उनले भनेका छन “सम्पूर्ण पदाधिकारी र केन्द्रीय सदस्य चयन गर्न व्यक्तिलाई सर्वाधिकार दिने यो कस्तो लोकतान्त्रिक महाधिवेशन हो ?एकदलीय कम्युनिस्ट पार्टी वा नाजिजमको नयाँ अवतार, अनि लोकतन्त्रको बकवास!धतुरोको बोटमा सुन्तला फल्दैन”नेता केसिले ओली अहंकार र दम्भका प्रतीक भएको र एमालेको संस्कारबाट लोकतन्त्र  रक्षा नहुने पनि उल्लेख गरेका छन ।

प्रकाशित मिति : मंसिर १२, २०७८ आइतबार  ५ : ५० बजे