राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको नयाँ नेतृत्व चयन गर्नका लागि मतदान सुरु भएको छ । काठमाडौंमा जारी महाधिवेशनमा शनिवार बिहान ८ बजेका लागि तय भएको मतदान ढिला गरी शुरू भएको छ । निर्वाचनबाट अध्यक्षसहित १९९ सदस्यीय नयाँ कार्यसमिति चयन गर्न २६६ जनाले उम्मेदवारी दिएका छन् ।
राप्रपा अध्यक्ष पदमा कमल थापा र राजेन्द्र लिङ्देनबीच प्रतिस्पर्धा भइरहेको छ । राप्रपाले अध्यक्षमा कागजी मतपत्र र अन्य पदमा विद्युतीय मशिनबाट मतदान गर्ने व्यवस्था मिलाएको छ ।नेतृत्वका लागि फरकफरक प्यानल बनाएर थापा र लिङ्देनबीच प्रतिस्पर्धा रहेको छ । एक महिलासहित ४ उपाध्यक्षका लागि ९ जनाको उम्मेदवारी परेको छ ।खुला उपाध्यक्ष जगत गौचन, दिलविकास राजभण्डारी, ध्रुवबहादुर प्रधान, विक्रम पाण्डे, बुद्धिमान तामाङ, रामचन्द्र राय यादव रहेका छन् । त्यसैगरी महिला उपाध्यक्षमा दुर्गा श्रेष्ठ, रोशन कार्की र लिलादेवी श्रेष्ठ रहेका छन् ।








