नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको अध्यक्षमा विजयी भएका राजेन्द्र लिङ्देनलाई बधाई साथै शुभकामना दिएका छन् ।उपसभापति निधिले आज विज्ञप्ति जारी गर्दै राप्रपाको महाधिवेशनले नेपाली राजनीतिमा पुरानो नेतृत्वबाट नयाँमा पुस्ता हस्तान्तरणको प्रकृया प्रारम्भ भएको सन्देश दिएको बताएका हुन् ।
उनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य प्रणाली र त्यस प्रणालीमार्फत जारी भएको नेपालको संविधानको सफल कार्यान्वयनमा लिङ्देनको नेतृत्वको राप्रपाले सहयोग पुर्याउँनेछ भन्ने आफुले बिश्वास लिएको समेत बताएका छन् ।
उनले नवर्निवाचित अध्यक्ष लिङदेनको सफल कार्यकालको कामना पनि गरेका छन् । आज बिहान सम्पन्न मत गणनामा लिङ्देनले कमल थापालाई १९९ मत अन्तरले हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन् ।








