नेताहरुले प्रकाशमान सिंहलाई भने– सहमतिका लागि पछि हट्न पनि तयार हुनुहोला



संस्थापन इतरका नेताहरुले सभापतिका आकांक्षी प्रकाशमान सिंहलाई सहमति भएमा त्याग गर्न आग्रह गरेका छन्।संस्थापनइतरका नेताहरु अर्जुननरसिंह केसी, महेश आचार्य र बलबहादुर केसी सिंह निवास चाक्सीबारी पुगेर यस्तो आग्रह गरेका हुन्।

बिहान अनुपम फुडल्याण्डमा आयोजित छलफलपछि नेताहरुले आजै जसरी पनि सभापतिको साझा उम्मेद्वार तय गर्ने भन्दै आकांक्षीहरुसँग छलफल तिव्र पारेका छन्।संस्थापनइतरका केन्द्रिय सदस्यहरुको आज बिहानको बैठकमा धेरै नेताहरुले सभापतिमा शेखर कोइरालालाई अघी सार्नुपर्ने बताएका थिए ।

हालसम्म सो पक्षबाट सिंहसँगै वरिष्ठ नेता रामचन्द्र पौडेल, शेखर कोइराला र शशंक कोइरालाले सभापतिमा दाबी गरेका छन् ।

प्रकाशित मिति : मंसिर २३, २०७८ बिहिबार  २ : २८ बजे