काँग्रेस महाधिवेशनमा ट्राफिक ब्यबस्थापन : खुल्लामञ्चमा पार्किङ, पद्‍मोदय मोडबाट सवारी डाइभर्ट



नेपाली कांग्रेसको १४औँ महाधिवेशन महाधिवेशन आज प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्दैछन् । महाधिवेशन उद्घाटनका बेला काठमाडौं उपत्यकामा सवारी चाप बढ्ने प्रहरीको आकलन छ । महाधिवेशनका कारण हुन सक्ने सवारी जामलाई मध्यनजर गर्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले खुलामञ्चमा सवारी पार्किङको व्यवस्था मिलाउन काठमाडौं महानगरपालिकासँग अनुमति लिएको जनाएको छ ।

नेपाली काँग्रेसले उद्घाटनअघि जुलुस ननिकाल्ने निर्णय गरेको हुनाले सवारी जाम तुलनात्मक रुपमा कम हुने ट्राफिक प्रहरी महाशाखाको दाबी छ ।महाधिवेशनमा जाने गाडी र मोटरसाइकललाई खुल्लामञ्चमा पार्किङ गरिने छ । महानगरले खुल्लामञ्चसँगै यसअघि संचालित बसपार्कमा पनि पार्किङ अनुमति दिएको छ ।

पद्मोदय–सभागृह सडक खण्ड बाहेक अन्यत्र सवारी डाइभर्ट गरिएको छैन । भीआईपीका सवारी साधन भृकुटीमण्डपभित्रै पार्किङ गरिने छन् ।महाशाखाले महाधिवेशन उद्घाटनका बेला सुन्धारा, जमल, पुतलीसडक, प्रदर्शनीमार्ग, माइतीघरलगायत सडकमा सवारी जाम हुन सक्ने अनुमान गरेको छ ।

प्रकाशित मिति : मंसिर २४, २०७८ शुक्रबार  ११ : ३४ बजे