उद्घाटन भाषणमै सिटौलाले मागे प्रदीप पौडेललाई भोट



कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले लोकतन्त्रको रक्षा गर्न कांग्रेसले आचरण व्यवहार र शैली परिवर्तन गर्नुपर्ने बताएका छन् ।महािधवेशन उद्घाटनमा युवाका तर्फबाट भन्दै उनले नेता प्रदीप पाैडेललाई अघि सार्दै भाेट समेत मागेका छन् ।

१४औं महाधिवेशन उद्घाटन सत्रमा बोल्दै सिटौलाले पार्टीलाई जनताको नजरमा समुन्नत बनाइ आगामी निर्वाचनमा पहिलो पार्टी बन्नुपर्ने बताएका छन् । यसका लागि नेतृत्व बलियो बन्नुपर्ने उनको भनाइ छ ।उनले कांग्रेसले मात्र देश राम्रो बनाउने दाबी पनि गरे । उनले पार्टीलाई युवापुस्तामा हस्तान्तरण गर्ने वेला भएको पनि बताए ।

 

प्रकाशित मिति : मंसिर २४, २०७८ शुक्रबार  ६ : ०५ बजे