कांग्रेस महाधिबेशनमा सभापति शेरबहादुर देउवाको समुहबाट महामन्त्रीमा डा. प्रकाशशरण महत र प्रदिप पौडेललाई अघि सार्ने तयारी भएको छ ।
नेता कृष्णप्रसाद सिटौलाले प्रदिप पौडेललाई महामन्त्री उमेदवार बनाउने सर्तमा देउवालाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेपछि देउवा तयार भएको स्रोतले जानकारी दियो ।
देउबाको उक्त तयारिप्रती नेताहरु बालकृष्ण खाँण र एनपी सावदको असन्तुष्टि रहेको बुझिएको बताइएको छ ।








