एमाले सल्लाहकार परिषद्‌को अध्यक्षमा अमृत बोहोरा



नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकले अमृतकुमार बोहोरालाई केन्द्रीय सल्लाहकार परिषद्‌को अध्यक्ष चयन गरेको छ ।

एमाले केन्द्रीय सचिवालय बैठकमा अध्यक्ष केपी ओलीको प्रस्तावमा बोहोरा सल्लाहकार परिषद अध्यक्ष चयन गरेको सचिव योगेश भट्टराईले जानकारी दिए । एमाले केन्द्रीय समिति बैठक जारी छ ।

 

प्रकाशित मिति : मंसिर २५, २०७८ शनिबार  २ : ५२ बजे