सभापतिमा शेखर कोइराला महामन्त्रीमा गगन र मीनेन्द्रको उमेदवारी दर्ता



नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सभापति पदका लागि उमेदवारी दर्ता गराएका छन् । कोइराला प्यानलबाट नेताहरू गगन थापा र डा । मीनेन्द्र रिजालले महामन्त्री पदका लागि उमेदवारी दर्ता गराएका छन् ।

सहमहामन्त्री देवराज चालिसे, बद्री पाण्डे, जीवन परियार, विकास लामा, कमला पन्त रामृष्ण यादव तेजुलाल चौधरी र वकिल मियाँ उम्मेदवार बनेका छन् ।पार्टीको १४औँ महाधिवेशनअन्तर्गत आज बिहान १० देखि बेलुका ५ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरिएको छ ।चालिसे खसआर्यबाट, लामा जनजाति, पन्त महिला, यादव मधेसी, चौधरी थारु समुदायबाट र मियाँ मुस्लिम समुदायबाट उम्मेदवार बनेका हुन् ।

प्रकाशित मिति : मंसिर २५, २०७८ शनिबार  ४ : १७ बजे