प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेपाली कांग्रेसको १४औँ महाधिवेशनस्थल भृकुटीमण्डपमा हुनुहुन्छ । उहाँ आज बिहानदेखि भृकुटीमण्डपमा रहेर महाधिवेशन प्रतिनिधिहरुसँग अन्तरक्रिया र परामर्शमा व्यस्त हुनुभएको थियो । कांग्रेसको सभापतिमा उम्मेदवारी दिनुभएका देउवाले आज भृकुटीमण्डपमा जम्मा भएका महाधिवेशन प्रतिनिधिहरु एवं कांग्रेसका नेता तथा कार्यकर्ताहरुसँग अन्तरक्रिया गरी आफूलाई मत पनि माग्नुभएको थियो । त्यसपछि उहाँले महाधिवेशन प्रतिनिधिहरुसँग काठमाडौँको बसाइँका बारेमा सोधपुछ गर्नुभएको थियो ।
मंसिर २६, २०७८ आइतबार
72
Shares










