मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पर्यटकीय गन्तव्य बन्दै दलचोकी



ललितपुरको कोञ्ज्योसोम गाउँपालिकामा रहेको दलचोकी पर्यटकीय गन्तव्य बन्दै गएको छ । पछिल्लो समय काठमाडौं उपत्यकावासीसहितका पर्यटकहरू दलचोकी पुग्ने गरेका छन् ।सातदोबाटोबाट २३ किलोमिटर दूरीमा रहेको दलचोकीबाट काठमाडौं उपत्यकासहित उत्तरी क्षेत्रमा रहेका हिम श्रृंखलाहरू देखिन्छ । हेटौँटासहित तराई क्षेत्रसमेत देख्न सकिने गरी भ्युटार बन्दै गरेको दलचोकीमा होमस्टेको समेत सुविधा भएपछि आन्तरिक तथा वाह्य पर्यटकको गन्तव्यस्थल बनेको हो ।

हाइकिङका लागि निकै उपर्युक्त मानिएको दलचोकीमा विभिन्न रोगको प्राकृतिक विधिबाट उपचार गर्ने निरोधाम केन्द्रसमेत रहेको छ । सागशब्जी र दूधका लागि निकै चर्चित रहेका दलचोकीलाई काठमाडौं उपत्यकाको भेडेटार नामले चिनिने गरेको छ ।

 

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  १२ : ४७ बजे