नेपाली काँग्रेसको १४ औं महाधिवेशनबाट महामन्त्रीको वरियतामा विश्वप्रकाश शर्माभन्दा गगन थापा अगाडि भएका छन् । महामन्त्रीमा निर्वाचित भैसकेपछी शर्माभन्दा थापाको वरियता अगाडि राखिएको हो । यसैगरी वरियता क्रममा पहिला सभापति शेरबहादुर देउवा, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ त्सपछीको वरियतामा थापालाई निर्धारण गरिएको छ।
नेपाल विद्यार्थी संघमा शर्मा अध्यक्ष रहेको समितिमा थापा उपाध्यक्ष थिए । १२ र १३ औं महाधिवेशनमा केन्द्रीय सदस्य बनेका थिए भने शर्मा १३ औं महाधिवेशन मात्र केन्द्रीय सदस्य भएका थिए । शर्मा नेविसंघको राजनीतिमा सिनियर भएपनि पार्टी राजनीतिमा थापा आगाडि प्रवेश गरेका थिए ।








