माओवादी महाधिवेशन :बन्दसत्रमा प्रस्तुत प्रतिवेदनमाथि समूहगत छलफल सुरु



माओवादी केन्द्रको आठौं महाधिवेशनको बन्दसत्रमा प्रस्तुत राजनीतिक र विधान प्रतिवेदनमाथि छलफल गर्न समूहगत विभाजन गरिएको छ ।

बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैचारिक तथा राजनीतिक प्रतिवेदन तथा देव गुरुङ विधान मस्यौदा प्रस्तुत गरेका थिए ।

प्रचण्ड र गुरुङले प्रस्तुत गरेका दुवै प्रतिवेदनमाथि छलफल गर्न २५ समूह बनाइएको छ । प्रदेशगत रूपमा समूह विभाजन गरी संयोजक र ठाउँहरू तोकिएको छ ।

प्रकाशित मिति : पुस १२, २०७८ सोमबार  ४ : १८ बजे