पार्टी भित्र र बाहिर एकता गर्दै राष्ट्र निर्माण जुटौः डा.संग्रौला



नेपाली कांग्रेसकी नेतृ डा.डिला संग्रौलाले पार्टी भित्र र बाहिर एकता, मेलमिलाप, सहमति, गर्दै राष्ट्र निर्माण जुट्नु पर्नेमा जोड दिएकी छिन् । “राष्ट्रिय एकता र मेलमिलाप लिवसको अवसरमा सामाजिक सञ्जाल ट्वीट  मार्फत कांग्रेस नवनिर्वाचित केन्द्रीय सदस्य डा.संग्रौलाले उक्त कुरामा जोड दिएकी छिन् ।

जननायक बी.पी.कोइराला निर्वासन जीवन परित्याग गरी आजकै दिन “राष्ट्रिय एकता र मेलमिलापको आह्वानका साथ स्वदेश फर्केको दिन ४५ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा पार्टी भित्र बाहिर एकता, मेलमिलाप, सहमति, सहकार्य गर्दै राष्ट्र निर्माण जुट्नुपर्ने बताएकी हुन् । साथै आज राष्ट्रिय एकता र मेलमिलाप दिवसको अवसरमा आज कांग्रेस र यसका भ्रातृ एवं शुभेच्छुक संस्थाले देशभर विभिन्न कार्यक्रम आयोजना गरी एकता तथा मेलमिलाप दिवस मनाउँदैछन् । यस अवसरमा बिपी सङ्ग्रहालयमा बिपी, गणेशमानलगायत नेताको शालिकमा माल्यार्पण गर्न लागिएको जनाइएको छ ।

प्रकाशित मिति : पुस १६, २०७८ शुक्रबार  ९ : ११ बजे