माओवादी महाधिवेशन : सहमती नभए आजै मतदान, यस्तो छ निर्बाचन कार्यतालिका



नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशन अन्तरगत नयाँ कार्यसमिति चयनका लागि हिजोबाट सुरु हुने भनिएको आजबाट निर्वाचन प्रक्रिया आज (आइतबार) सुरु हुँदै छ । शीर्ष नेताहरुले कार्यसमितिमा सहमतिको प्रयास गरे पनि शनिबार ७ बजेसम्म पनि सहमति नभएपछि सहमतिका लागी थप प्रयास गर्न भन्दै निर्वाचन कार्यतालिका स्थगित गरिएको थियो ।

आज पनि सहमतिको प्रयास जारी राख्ने र सहमती नभए दिउसोबाट निर्बाचन थाल्ने तयारी रहेको बताइएको छ । निर्वाचन कार्यक्रमानुसार आज दिउँसो २ बजेदेखि ३ः३० बजेसम्म उमेदवारको मनोनयन दर्ता गरिनेछ । ३ः४० मा उमेदवारको मनोनयनपत्रको दर्ता सूची प्रकाशन गरिनेछ ।

उमेदवारको विरोधमा उजुरी दिने समय ४ बजेका लागि तय गरिएको छ । उमेदवारको विरोधमा परेको उजुरीको सूचना दिनका लागि ४ः१० बजेसम्मको समय दिइएको छ ।आयोगका अनुसार उजुरीमाथि छानबिन गरी ४ः४० बजे उमेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ । उमेदवारी फिर्ताका लागि ५ः३० बजेसम्मको समय दिइएको छ । उमेदवारको अन्तिम नामावली ५ः४५ बजे प्रकाशन गरिनेछ ।

आयोगका अनुसार आइतबार साँझ ६ः२५ बजेदेखि १०ः२५ सम्म मतदानका लागि समय निर्धारण गरिएको छ । माओवादीमा २९९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित हुने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : पुस १८, २०७८ आइतबार  ७ : ३८ बजे