प्रतिनिधि सभाको बैठक आज बैठक दिउँसो १ बजे संसद् भवन बानेश्वरमा बस्दै छ । आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन २०७७०७८ प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
नेकपा एमाले संसद्को नवौं अधिवेशनदेखि नै निरन्तर बैठक अवरुद्ध गर्दै आएको छ । एमालेको निरन्तर अवरुद्धका बिच संसद्को बैठकबाट बिभिन्न प्रतिवेदन पारित हुँदै आएका छन् ।









