नेपाली कांग्रेसका शेरबहादुर देउवाले आज थप ३ जनालाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका छन् ।नेताहरु जीवनबहादुर शाही,प्रदीप पौडेल र श्री कल्याणकुमार गुरुङलाई देउबाले केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका हुन ।
नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम सभापती देउबाले नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेको कांग्रेस केन्द्रिय कार्यलयबाट जारी गरेको बिज्ञप्तिमा जनाइएको छ ।
यसअघी हिजी मात्रै सभापति देउवाले रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, प्रकाशशरण महत, नारायण खड्का उमा रेग्मी, सुजाता कोइराला र मीनबहादुर विश्वकर्मालाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका थिए ।









