नेकपा (माओवादी केन्द्र)को काठमाडौंमा जारी आठौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत निर्वाचन कार्यतालिका पुनः संशोधन गरिएको छ ।यसअघी शनिबार नै निर्वाचनको प्रक्रिया सुरु गर्ने कार्यतालिका भए पनि सर्वसम्मतको प्रयासका भ न्दै पटक पटक कार्यतालिका पुनः संशोधन भैरहेकोमा आज दिउँसो २ बजेदेखि सुरु हुने गरी बनाइएको निर्वाचनको नयाँ तालिका पनि पुनः संशोधन गरिएको हो ।
संशोधित कार्यतालिकाअनुसार आइतबार अपराह्न ४ः०० बजेदेखि ६ः०० बजेसम्म उम्मेदवारी दर्ताको लागि समय तोकिएको छ भने ६ः३० मा उम्मेदवारको मनोनयन दर्ता सूची प्रकाशन गरिने छ।
यस्तै साँझ ७ः०० बजेसम्म उम्मेदवारको विरोधमा उजूरी दिन सकिने छ।यसैगरी उम्मेदवारको नामावली पुनः प्रकाशन ८ः०० बजे गरिने छ भने साढे आठ बजेसम्म उम्मेदवारी फिर्ताका लागि समय तोकिएको छ। ८ः४५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने छ।
सोमबार बिहान ८ः०० बजेदेखि दिउँसो १ः२५ सम्म मतदान हुनेछ। मतदान सकिएको एक घण्टापछि मतगणना सुरु हुने माओवादीको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ।








