एमालेबाट पाणिनी गाउँपालिका उपाध्यक्षमा निर्वाचित लक्ष्मी गौतम नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् ।कांग्रेस पाणिनी गाउँसमितिले साेमबार दुर्गाफाँटमा आयोजना गरेको एक कार्यक्रममा कांग्रेस महामन्त्री गगन थापाले गौतमलाई पार्टी प्रवेश गराएका हुन् ।
गाउँपालिका महासंघको केन्द्रीय सदस्यसमेत रहेकी नेतृ गौतमले एमाले विभाजन हुँदा नेकपा एसको पक्षमा सनाखत गरेकी थिइन् । गौतमसँगै नेकपा एसमा सनाखत गरेका वडा सदस्य प्रकाश भुसाल एमालेमा फिर्ता भइसकेका छन् ।
कार्यक्रममा गौतमसहित करिब दुई सय जनालाई कांग्रेस प्रवेश गराइएको कांग्रेस पाणिनी गाउँपालिकाले जनाएको छ । पार्टी प्रवेश तथा आमसभा कार्यक्रमलाई सम्बोधन गर्न महामन्त्री थापासँगै केन्द्रीय सदस्यहरु पुष्पा भुषाल र सञ्जय गौतमलगायत सहभागी भएका थिए ।








