मंगलबार बस्ने भनिएको राष्ट्रिय सभा बैठक माघ ३ गते बस्ने



राष्ट्रिय सभाको बैठक आउँदो ३ माघमा बस्ने भएको छ ।

संघीय संसद सचिवालयले आइतबार सूचना निकालेर ३ माघ सोमबार दिउँसो १ बजे राष्ट्रिय सभाको बैठक बस्ने जानकारी दिएको हो ।

२७ पुसमा बस्ने तय भएको बैठकलाई विशेष कारण देखाएर स्थगित गर्दै ३ माघमा बस्ने जानकारी दिइएको हो ।

प्रकाशित मिति : पुस २५, २०७८ आइतबार  ५ : ०६ बजे