पूर्वराजा ज्ञानेन्द्र शाहले पृथ्वीनारायण शाहको ३००औँ जन्मजयन्ती एवं राष्ट्रिय एकता दिवसका अवसरमा सिंहदरबार अगाडि पुगेर त्याहा रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका छन् ।
पूर्वराजा शाहले पृथ्वीनारायणको सालिकमा माल्यार्पण गर्न मंगलबार समर्थकहरुसहित सिंहदरबारको मूलगेट अगाडि पुगेका थिए ।पूर्वराजाका समर्थकहरुले उनि त्याहा पुग्दा ‘हाम्रो राजा हाम्रो देश, चाहियो चाहियो राजा चाहियो, गणतन्त्र मुर्दावाद, यो व्यवस्था चाहिँदैन’ लगायत नारा लगाएका थिए ।
प्रत्येक वर्ष पुस २७ गते मनाइने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ ।








