प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक



प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

गत सोमबार र बिहीबार गरिएको कोभिड-१९ परीक्षण गराएका देउवाको दुवै रिपोर्ट नेगेटिभ आएसँगै देउवा ले मन्त्रिपरिषदको बैठक बोलाएका हुन्।

देउवा शुक्रबारबाट अब सबै कार्यक्रममा सहभागिता जनाउने उनको सचिवालयले जनाएको छ।

बैठकमा कोरोना महामारी, कोभिड(१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले गरेको सिफारिसलगायत नियमित काम कारबाहिको विषयमा छलफल केन्द्रित हुने बालुवाटार स्रोतले जनाएको छ।

प्रकाशित मिति : पुस ३०, २०७८ शुक्रबार  १ : १३ बजे