प्रधानमन्त्री देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने



प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।प्रधानमन्त्रीले सोमबार वा मङ्गलबार सम्बोधन गर्ने बालुवाटार श्रोतले जानकारी दिएको छ ।

सरकारको ६ महिना पूरा भएकोमा यस अवधिमा जनताका लागि गरेका काम र आगामी योजनाका विषयमा जानकारीसहित प्रधानमन्त्री देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने बताइएको छ ।

यस अवधिमा जनताका लागि गरेका काम र आगामी योजनाका विषयमा देउवाले जानकारी दिने तयारी गरेका हुन् ।

 

प्रकाशित मिति : माघ २, २०७८ आइतबार  ६ : ०८ बजे