प्रदेश २ को नाम र राजधानीले ,सांस्कृतिक र ऐतिहासिक महत्त्वलाई स्थापित गरेको छ , प्रदिप पौडेल



नेपाली कांग्रेसका युबा नेता प्रदिप पौडेलले प्रदेश २ को नाम मधेश प्रदेश र राजधानी जनकपुरधाम घोषणा भएकोमा बधाइ ज्ञापन गरेका छन् ।प्रदेश २ को नाम र राजधानी हिजो तय भएपछी नेता पौडेलले सामाजिक सञ्जाल मार्फत बधाइ ज्ञपन गरेका हुन् ।

उनले भनेका छन्,मधेश प्रदेश र राजधानी जनकपुरधाम घोषणा गरेकोमा प्रदेश सभालाई बधाई।उपस्थित ९९ सभा सदस्य मध्ये ८० जनाको बलियो मतले पारित नामले भौगोलिक,सांस्कृतिक र ऐतिहासिक महत्त्वलाई स्थापित गर्दै संघीयताको मर्मलाई प्रगाढ बनाएको छ।

पौडेलले आउँदा दिनमा प्रदेश सभा जनताको समस्या समाधान गर्न सफल होस् भन्दै शुभकामना समेत दिएका छन् ।

प्रकाशित मिति : माघ ४, २०७८ मंगलबार  १० : ०३ बजे