नेपाली कांग्रेसका महामन्त्री बिश्वप्रकाश शर्मालाई कोरोना सङ्क्रमण भएको छ ।
आफुसहित स-परिवारमा सङ्क्रमण पुष्टी भएको शर्माले सामाजिक सञ्जाल ट्विटर मार्फत जानकारी दिएका हुन् ।
उनले सार्वजनिक कार्यक्रममा सतर्कता नराख्दा आफु सङ्क्रमित भएको भन्दै आत्मालोचना समेत गरेका छन्।
महामन्त्री शर्माले आफु चिकित्सकको परामर्शमा औषधिसहित आइसोलेसनमा रहेको र एकसातामा काममा फर्किने पनि उल्लेख गरेका छन्।








