कांग्रेस महामन्त्री शर्मालाई कोरोना सङ्क्रमण



नेपाली कांग्रेसका महामन्त्री बिश्वप्रकाश शर्मालाई कोरोना सङ्क्रमण भएको छ ।

आफुसहित स-परिवारमा सङ्क्रमण पुष्टी भएको शर्माले सामाजिक सञ्जाल ट्विटर मार्फत जानकारी दिएका हुन् ।

उनले सार्वजनिक कार्यक्रममा सतर्कता नराख्दा आफु सङ्क्रमित भएको भन्दै आत्मालोचना समेत गरेका छन्।

महामन्त्री शर्माले  आफु चिकित्सकको परामर्शमा औषधिसहित आइसोलेसनमा रहेको र एकसातामा काममा फर्किने पनि उल्लेख गरेका छन्।

 

 

प्रकाशित मिति : माघ ५, २०७८ बुधबार  १ : ०० बजे