प्रधानमन्त्री देउवाले राष्ट्रको नाममा सम्बोधन गर्दै



प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री देउवाले शुक्रबार अपरान्ह ३ बजे राष्ट्रको नाममा सम्बोधन गर्ने भएका हुन् ।

प्रधानमन्त्री देउवाको सम्बोधन आफ्नो सरकारले पूरा गरेको ६ को अवधि, कोरोनाभाइर संक्रमण महामारी र नियन्त्रणको उपाय, आगामी निर्वाचन, समसामयिक राजनीतिकलगायतका विषयमा केन्द्रित हुने देखिएको छ ।

प्रधानमन्त्री देउवाले आफ्नो सरकारले गरेका कामकारबाहीबारे पनि जानकारी गराउने छन्।

प्रधानमन्त्री बनेपछि देउवाले पहिलो पटक राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन्।

प्रकाशित मिति : माघ ७, २०७८ शुक्रबार  ११ : २७ बजे