प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक नबोलाएको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन् ।आजै प्रधानमन्त्रीनिवास बालुवाटारमा सर्वदलीय बैठक बस्ने भन्दै समाचार आएपछी प्रवक्ता कार्कीले आज सर्वदलीय बैठक नबोलाईएको स्पस्ट पारे ।
आज बिहान ९ बजेका लागि प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाइएको समाचार सार्वजनिक भएको थियो भने प्रमुख प्रतिपक्ष एमालेले आफूहरूलाई बैठक भएको जानकारी नै नभएको बताएको थियो ।
यसअघि शुक्रबार स्थानीय तहको निर्वाचनको बारेमा छलफल गर्न उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक बसेको थियो । स्थानीय तहका निर्वाचित जनप्रतिनिधिको कार्यकाली आगामी जेठमा सकिँदैछ ।








