पार्टी महासचिवमा मेरो दाबी स्वाभाविक : वर्षमान पुन



नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले पार्टीको महासचिवमा आफ्नो दाबी स्वाभाविक रहेको बताएका छन् ।

झन्डै चार महिना लामो उपचारपछि चीनबाट सोमबार साँझ स्वदेश आइपुगेका उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यस्तो बताएकाहुन् ।

यसअघि सचिव भइसकेकाले महासचिवमा आफ्नो दाबी स्वाभाविक रहेको पुनले बताए ।

केन्द्रीय सदस्य र अध्यक्ष सहमतिमै चयन भएकाले पदाधिकारी पनि सहमतिमै छानिने विश्वास उनको छ ।

प्रकाशित मिति : माघ १०, २०७८ सोमबार  ९ : ४२ बजे