प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा पाँच दलीय सत्ता गठबन्धनकाे बैठक अपरान्ह चार बजे पुनः बस्ने गरी सकिएको छ ।अपरान्ह ४ बजे बस्ने बैठकले स्थानिय तहको निर्वाचन बारे आवश्यक निर्णय गर्ने बताइएको छ ।
त्यसअघि नेताअहरुले आ-आफ्नो दलामाअ आन्तरिक छलफल गर्ने र अपरान्ह कानुनविद्हरूसँग पनि छलफल गर्नेगरी बिहानको बैठक सकिएको हो ।
बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव लगायत नेता सहभागी थिए, राष्ट्रिय जनमाेर्चाका प्रतिनिधि सहभागी भएनन्।
सत्तारूढ गठबन्धनमा स्थानीय निर्वाचन ऐन, २०७३ संशोधन गरेर स्थानीय तहको चुनाव सार्नेबारे छलफल भइरहेको छ ।








