कांग्रेस एक्लै चुनाब लडेर बहुमत ल्याउने हो: प्रदिप पौडेल



कांग्रेस युबा नेता प्रदीप पौडेलले कांग्रेस एक्लै चुनाब लड्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं ३ द्वारा सहिद दिवशका अवशरमा आयोजित भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता पौडेलले यस्तो बताएका हुन्।

कांग्रेस एक्लै चुनाब लड्नुपर्नेमा जोड दिदै पौडेलले भने, “कम्युनिष्टहरुको दुइ तिहाइको सरकार असफल भएर देशमा कांग्रेस नेतृत्वको सरकार बनेको छ, पार्टिको बलियो स्थिति भएको छ,अरु पार्टिप्रती जनता आकर्षित हुने अवस्था छैन यो बेला एक्लै चुनाब लड्ने हो ।”

केपी ओली नेतृत्वको दुई तिहाईको सरकारले गफ र भ्रष्टाचार मात्रै गरेको भन्दै उनले अरु पार्टिहरु असफल भइसकेको दाबी गरे ।आगामी चुनाबमा बहुमत ल्याएर कांग्रेसले देशमा सुसाशन्, बिकास र सम्बृद्दिको अभियान थाल्नुपर्नेमा पौडेलले जोड दिए ।

प्रकाशित मिति : माघ १६, २०७८ आइतबार  ८ : २६ बजे