मन्त्रिपरिषद् बैठक बस्दै, निर्वाचन मिति घोषणा हुने



प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

बैठक सोमबार दिउँसो ३ बजे बस्न लागेको हो । बैठकले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने बताइएको छ ।

यसअघी तीन दलको बैठकमा प्रधानमन्त्री देउवाले अबको मन्त्रिपरिषद्को बैठकबाट स्थानीय निर्वाचनको मिति घोषणा गर्ने जानकारी गराएका थिए ।

प्रकाशित मिति : माघ २४, २०७८ सोमबार  १२ : २३ बजे