मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको एक मन्त्रीले जानकारी दिए ।
आजको मन्त्रिपरिषद् बैठकले स्थानीय तहको निर्वाचन घोषणा गर्ने ठानिएको छ ।
यसअघी तीन दलको बैठकमा प्रधानमन्त्री देउवाले अबको मन्त्रिपरिषद्को बैठकबाट स्थानीय निर्वाचनको मिति घोषणा गर्ने जानकारी गराएका थिए ।
निर्वाचन आयोगले अघिल्लो साता नै ४ जेठमा स्थानीय तहको निर्वाचन गर्ने प्रस्ताव गरेको थियो ।








