नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका नेता डा । शेखर कोइरालाबीच भेटवार्ता भएको छ ।नेता कोइराला भेटवार्ताका लागि आज बिहान प्रचण्ड निवास खुमलटार गएका थिए । भेटमा एमसीसी, स्थानीय चुनाव लगायतका विषयमा छलफल भएको थियो ।
भेटमा प्रचण्डले चुनावमा गठबन्धन गरेर जान प्रस्ताव राखेका थिए । तर कोइरालाले आफू चुनावी गठबन्धनको पक्षमा नरहेको बताएका थिए ।माओवादीसँग गठबन्धन गरेर कांग्रेसलाई कुनै फाइदा नै नरहेको भन्दै कोइरालाले गठबन्धन गर्न नसकिने बताएका थिए।
डा . कोइरालाले एमसीसीको विषयमा अलमल नगर्न सुझावसमेत दिएका थिए । स्वीकार गर्ने भए संसदबाट छिटो पास गर्न र अस्वीकार गर्ने भए पनि संसदबाटै गर्नुपर्ने उनको धारणा थियो ।








