माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई टेलिफोन गरी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को बारेमा निर्णय लिन आग्रह गरेका छन् ।
नेकपा एमालेका नेता विष्णु रिजालले प्रचण्डले ओलि लाई टेलिफोन गरेको ट्विटरमार्फत जानकारी गराएका हुन् ।
ओलीलाई हटाएपछि एमसीसीको बारेमा निर्णय गर्ने र ४,५ महिनामा पारित गर्ने भनेर प्रचण्डले लिखित कागज गरेको र अहिले सत्ता चलाइरहेकाले सत्तारुढ गठबन्धनले नै निर्णय गर्न ओलीले प्रचण्डलाई जवाफ दिएको रिजालाले उल्लेख गरेका छन ।
उनले ट्विटरमा लेखेका छन् “एमसीसीका सम्बन्धमा विदेशीले सोधून् वा स्वदेशीले- नेकपा (एमाले)को धारणा स्पष्ट छ ।‘एमसीसीमा तपाईंले निर्णय नगरी भएन’ भन्दै हिजो सॉझ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले फोन गर्दा हाम्रो पार्टीका अध्यक्ष केपी ओलीले स्पष्ट शब्दमा भन्नुभएको छ, ‘तपाईंहरूले पहिले केपी ओलीलाई हटाएपछि पारित गर्छौं भनेर बचन दिनुभएको छ, हटाइसकेपछि ‘४-५ महिनामा पारित गर्छौं’ भनेर लिखित कागज नै गर्नुभएको रहेछ । अहिले सत्ता चलाइरहनुभएको छ, प्रतिनिधिसभामा १ सय ६५ सदस्य छन् । पहिले आफूले निर्णय गर्नूस्; नेकपा (एमाले) त निर्णय गरिहाल्छ ।”
१/१. एमसीसीका सम्बन्धमा विदेशीले सोधून् वा स्वदेशीले- नेकपा (एमाले)को धारणा स्पष्ट छ । ‘एमसीसीमा तपाईंले निर्णय नगरी भएन’ भन्दै हिजो सॉझ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले फोन गर्दा हाम्रो पार्टीका अध्यक्ष केपी ओलीले स्पष्ट शब्दमा भन्नुभएको छ-
— Bishnu Rijal (@bishnurijal1) February 11, 2022










