एमसीसी प्रतिनिधिसभामा टेबल गर्न दाहाल र नेपाल असहमत : सत्ता गठबन्धनमा समस्यामा



प्रतिनिधिसभाको अब बस्ने बैठकमा एमसीसी सम्झौता पेस गर्ने प्रधानमन्त्री देउवाको प्रस्तावलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव नेपालले अस्विकार गरेका छन ।

एमसीसीसम्बन्धी विषय जटिल भइरहेका बेला तीन नेताबीचको आजको छलफलले पनि कुनै निष्कर्ष दिना सकेन ।प्रचण्ड र नेपाल प्रतिनिधिसभाको बैठकमा एमसीसी सम्झौता पेस गर्न सहमत नभए सत्ता गठबन्धनमा समस्या आउने नेताहरुले बताउने गरेका छन ।

एमसीसी अघी बढाउने देउबाको प्रस्तावमा दाहाल र नेपालले यथास्थितिमा एमसीसी अघि बढाउन नसकिने अडान दोहोर्‍याए । भेटघाटमा पछिल्लो समयमा विकसित राजनीतिक अवस्था, स्थानीय तह निर्वाचन लगायतका बिषयमा छलफल भएको बालुवाटार श्रोतले जानकारी दिएको छ ।

 

प्रकाशित मिति : माघ २९, २०७८ शनिबार  ३ : १५ बजे